Logo
३० कार्तिक २०८१, शुक्रबार
(May 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्सामा लिम्पियाधुरासहित समेटिने गरी संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत

नेपालका संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले संसदमा विधेयक प्रस्तुत गरेकी हुन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्न थप समय मागेपछि रोकिएको प्रस्ताव आइतबार प्रस्तुुत भएको हो ।

गएको बुधबार सो प्रस्ताव प्रस्तुत हुने भनिए पनि अन्तिम समयमा आएर रोकिएको थियो । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले शनिबार अबेर राति संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सरकारले यही जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सामा लिम्पियाधुरासहित समेटिने गरी संशोधन प्रस्ताव दर्ता गरेको थियो ।

भारतले अतिक्रमण गरेको लिम्पिायधुरा, कुटी, गुञ्जी, नावी, कालापानीसहितको भूभाग समेटेर राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि सरकारले संविधानको अनुसूची पनि संशोधन गर्ने प्रक्रिया अघि बढाएको हो।

प्रकाशित मिति: May 31, 2020

प्रतिक्रिया दिनुहोस्