दैलेखमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ९९० पुगे
नेपालमा पछिल्लो समयमा कोरोना संक्रमण तिब्रगतिमा फैलिरहेको अवस्थामा आज बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएिको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो ।
दैलेखमा भेटिएका नयाँ संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या ९९० पुगेको छ भने बिहीबार मात्रै हालसम्म ८८ जना संक्रमित भेटिएका छन् ।
आज थपिएका ८ जना सँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ ।
संक्रमित सबै जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाका हुन् । संक्रमित हुनेमा नगरपालिकाको वडानम्बर १ का २६ वर्षका युवक, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षीय युवती र ७ का १७ वर्षीय किशोर रहेका छन् ।
यसअघि दैलेखको आठबीसकोटमा एकजना, ढुङ्गेश्वर नगरपालिकामा ३ जना र नारायण नगरपालिका र गुराँस गाउँपालिकामा २र२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेो छ ।