Logo
३० कार्तिक २०८१, शुक्रबार
(May 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म र मेरा मन्त्रीहरु भारत जाँदैनौं भनेर अफवाह फैलाइयो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारतबीच लडाउने प्रयासहरु भईरहेको बताएका छन् ।

सरकारले अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेपनि कूटनीतिक प्रयास र वार्ताको माध्यमबाटै समस्या समाधान गर्न चाहेको उनले बताए ।

सर्वदलीय बैठकमा उनले आफू र मन्त्रीहरू भूमि फिर्ता नभएसम्म भारत नजाने निर्णय गरेको भनेर अफवाह फैलाइएकोसमेत गुनासो राखेका थिए

‘हामीले वार्ताकै माध्यमबाट समस्या समाधान गर्ने प्रयास गरिरहेका छौँ, तर अहिले हामी भारत जाँदैनौँ, मन्त्रीहरू पनि जाँदैनन्, म पनि जाँदिनँ भनेर बाहिर जुन प्रचार गरिएको छ, त्यो शतप्रतिशत अफवाह मात्र हो,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘मैले कहिल्यै त्यस्तो भनेको छैन ।

०७२ को नाकाबन्दीका वेला भारत भ्रमण गर्ने सन्दर्भमा अहिले वाञ्छनीय हुँदैन भनेको हुँ, तर अहिले हामी द्विपक्षीय छलफलबाटै समस्या समाधान गर्न चाहन्छौँ, वार्ता र कूटनीतिक प्रयासबाटै अघि बढ्छौँ, अफवाहको पछि लाग्न केही आवश्यक छैन, हामी र हाम्रोतर्फबाट त्यस्तो केही पनि नभनिएको कुरामा स्पष्ट हुन म साथीहरूलाई आग्रह गर्न चाहन्छु ।’

बैठकमा प्रमुख दलका शीर्ष नेताहरू सहभागी थिए । नेताहरू शेरबहादुर देउवा, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायत पनि सहभागी थिए ।

प्रकाशित मिति: May 26, 2020

प्रतिक्रिया दिनुहोस्