सङ्घीय संसद्मा ‘आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’ पेश
सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभाको) आजको छुट्टाछुट्टै बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले चालू आवको आर्थिक सर्वेक्षण पेश गरेका छन् ।
आजको प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै बैठकमा ‘आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’ पेश गरेका हुन् ।
अर्थमन्त्रीले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म भएका आर्थिक, भौतिक विकासलगायत समग्र अवस्थाको बारेमा सदनलाई जानकारी गराएका थिए ।
दुई समितिको प्रतिवेदन पेश
प्रतिनिधिसभा बैठकमा दुई संसदीय समितिको प्रतिवेदन पेश भएको छ । बैठकमा कृषि, सहकारी तथा प्रकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘कृषि तथा सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेश गरे छन् ।
यस्तै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७७’ पेश गरेका छन् ।