स्याङ्जामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेश स्थित स्याङ्जामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
दुई जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय स्याङजाका सूचना अधिकारी ध्रुव गिरीले पुष्टि गरेका छन् ।
‘कोरोना पुष्टि भएपछि उनीहरूलाई स्याङजा वालिङको सामुदायिक आइसोलेनमा राखेका छौं,’ उनले भने । भारतबाट चार दिनअघि आएका उनीहरू वालिङ नगरपालिकाको क्वारेन्टाइनमा थिए ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले पनि कोरोना संक्रमित भेटिएपछि स्याङ्जामा टिम पठाएको जानकारी दिएका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या सात पुगेको छ । उनीहरूमध्ये २ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने बाँकीको उपचार भइरहेको छ।