प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा आज साढे ५ बजे सम्बोधन गर्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न साढे ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने तय भएको छ । ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साढे ५ बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्रीको सम्बोधन देशमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न र समसामयिक विषयमा केन्द्रित रहने बताइएको छ ।