Logo
४ आश्विन २०८१, शुक्रबार
(May 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत–चीनसँग जोडिएका नाका : मालवाहक गाडीलाई छैन कतै रोकछेक !

कोभिड–१९ का कारण भारत र चीनसँग जोडिएका नाकाहरुमा केही अबरोध आएपनि पछिल्लो समय सहज बन्दै गएको छ ।

चीनसँग जोडिएको मुख्य नाका तातोपानी नाकामा चीन पक्षले केही सयमयता कडाइ गरेपनि उक्त नाकाबाट अहिले सहजरुपमा स्वास्थ्य साम्रागीका साथै व्यवसायीक प्रयोजनका समानहरु समेत आउन थालेको भन्सार विभागले जानकारी दिएको छ ।

त्यस्तो भारतसँग जोडिएको मेची भन्सार नाकामा कोभिड–१९ का कारण कडाइ गरिएपनि अहिले उक्त नाका निर्बाध तवरले संचालनमा आएको विभागको भनाइ छ । ‘भन्सार नाकाहरु मुख्यतयाः चीनपक्षले कडाइ गरेको तातोपानी र भारतबाट कडाइ भएको मेची भन्सार अहिले निर्बाध रुपमा संचालनमा आएपनि आयात–निर्यातमा सहजता आएको छ,’ भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए ।

उनका अनुसार करिब ४ महीनादेखि बन्द चीनसँग जोडिएको रसुवागढी नाका भने तत्काल खुलाउन सकिने अवस्था छैन । तातोपानी नाकाबाट भने केही दिन अघि फलफूल र तरकारीमात्रै भित्रिएको थियो तर त्यसले निरन्तरता पाएको थिए । तातोपानीका स्थानीय, भन्सारका अधिकारी र चिनियाँ पक्षका भन्सार अधिकारीहरुबीचको छलफल तातोपानी नाकाबाट व्यवसायिक सामान आयातलाई सहज बनाउनेबारे निष्कर्श निस्केको हो ।

भारतमा कोरोनाको प्रकोप बढेपछि पश्चिम बंगाल सरकारले चैत २६ गतेदेखि एकतर्फी रुपमा सीमावर्ती पानीटंकी नाका बन्द गरेपछि मेची नाका ठप्प थियो । शनिबार पश्चिम बंगाल सरकारले नै भारतीय नाका खुला गरेपछि मेचीभन्सार निर्बाध रुपमा संचालनमा आएको भन्सार विभागको भनाइ छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले भारत चीनबाट सामान आयात गर्न नाका सहज भएपनि काठमाडौं, बुटबल, नेपालगंज लगायतका शहरी क्षेत्र ठप्प रहेकाले तत्काल समान ल्याएर राख्नुको अर्थ नरहेको बताए ।

प्रकाशित मिति: May 20, 2020

प्रतिक्रिया दिनुहोस्