वाग्मती प्रदेशको बजेट अधिवेशन जेठ १२ गते
वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले वाग्मती प्रदेश सरकारले सिफारिस गरेबमोजिम प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन यही जेठ १२ गते अपराह्न २ बजे आह्वान गरेको छ ।
वाग्मती प्रदेश सरकारबाट प्रदेशसभाको बजेट अधिवेशनका लागि आज सिफारिस आएपछि प्रदेश प्रमुख प्रसाईंले संविधानअनुसार अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।