Logo
३० कार्तिक २०८१, शुक्रबार
(May 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालापानी,लिम्पियाधुरा र लिपुलेक भुमी नेपालको भएकाले भारतबाट फिर्ता लिएरै छाड्ने : ओली

यतिबेला संसदमा नीति तथा कार्यक्रमको छलफल चलिरहेको बेलामा आज संसदमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेक भुमी नेपालको भएकाले भारतबाट फिर्ता लिएरै छाड्ने अठोट गरेका छन् ।

‘लिम्पियाधुरा, लिपुलेक कालापानी भारतले अकुपाई गरेकाले फिर्ता लिने अठोट गर्छौं,’ ओलीले भने, ‘यसको निष्कर्ष निकालिन्छ ।’ उनले उक्त भुमी विवादास्पद नभई नेपालकै भएको बताएका छन् ।

भारतले नेपाली भुमी हडपेर विवाद बनाएको उनको भनाई थियो । देशको भुभाग फिर्ता ल्याउनकै लागि नयाँ नक्शा पारित गरिएको बताएका छन् ।

यसलाई केही दिनमै सार्वजनिक गरिने समेत बताएका छन् ।नेपालको भुमी भएकाले कालापानीका सवालमा कोही रिसाउने भन्ने नभएको बताए । यसमा अर्गेलाईँ गर्नुपर्दैन भन्दै यो विषयलाई अब सेलाउन नदिने बताएका छन् ।

कालापानीको विषय कुटनीतिक वार्ताबाट पहल गरिने बताएका छन् । उनले भने, ‘भु-भाग फिर्ता ल्याइने अठोटका साथ काम गर्छौं ।’

कालापानी देखि लिपुलेकसम्म २०१८ सालसम्म जनगणना समेत भएको र तिरो समेत तिर्ने कार्य भएको उल्लेख गर्दै २०३२ सालमा जान नदिएको सुनाएका छन् ।

भारतको आलोचना गर्दै उत्तरतर्फ १७ वटा चेकपोष्ट नेपाली भुमीमा राखेको उल्लेख गरे ।

प्रकाशित मिति: May 19, 2020

प्रतिक्रिया दिनुहोस्