Logo
३० कार्तिक २०८१, शुक्रबार
(May 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्यकर्मीसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि, देशभर जम्मा संख्या २९५ पुग्यो

प्रदेश १ मा आइतबार तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । देशभरमा भने जम्मा संख्या २९५ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।

विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो ।  यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ ।

मध्ये १७ जना उपचारपछि निको भएका छन् । धनकुटामा ३४ वर्षकी महिलामा संक्रमण पुष्टि भएकोछ । संक्रमित धनकुटाकी महिला स्वास्थ्यकर्मी रहेको सामाजिक विकास मन्त्री घिमिरेले पुष्टि गरे ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले पनि आइतबार साँझ विज्ञप्ति निकालेर तीन जनामा स‌ंक्रमण पुष्टि गरेको छ ।

प्रकाशित मिति: May 17, 2020

प्रतिक्रिया दिनुहोस्