एक नम्बर प्रदेशमा ३ जना कोरोना संक्रमित थपियो
विराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश १ काे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार विराटनगरका २९ र ३६ वर्षका व्यक्तिमा कोरोना देखिएको
हो । यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको
छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् ।
आइतवार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा पीसीआर टेष्टको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको मन्त्रालय स्रोतले जनाएको छ । परीक्षणमा विराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
याेसँगै काेराेना सङ्क्रमितकाे सङ्ख्या दुई सय ९५ भएकाे छ । ३६ जना उपचारपछि निकाे भएका छन् भने दुई जनाकाे ज्यान गएकाे छ ।