Logo
४ आश्विन २०८१, शुक्रबार
(May 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय सेनाध्यक्षको अभिव्यक्ति खण्डन गर्न सरकारलाई निर्देशन

 भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको अभिव्यक्ति खण्डन गर्न प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सरकारलाई निर्देशन दिएको छ।

समितिको आज बसेको बैठकले भारतीय सेनाध्यक्षको अभिव्यक्तिलाई गैरजिम्मेवार र उत्तेजनात्मक भएको टिप्पणी गरेको छ।

भारतीय सेनाध्यक्ष नवराणेले नेपालले अरु कसैको उक्साहटमा भारतको धार्चुलाबाट लिपुलेक पुग्ने सडकको विरोध गरेको बताएका थिए।

संसदीय समितिले सरकारलाई कुटनैतिक तहबाट खण्डन गर्न सुझाव दिएको हो।

‘भारतद्वारा अतिक्रमण गरिएका लिम्पियाधुरा, लिपुलेक, कुटी, नाबी, गुञ्जी र कालापानी क्षेत्रका विषयमा भारतीय सेनाध्यक्षको गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्तिको कुटनीतिक तहबाट खण्डन गर्नु’ समितिले भनेको छ।

प्रकाशित मिति: May 17, 2020

प्रतिक्रिया दिनुहोस्