Logo
६ पुस २०८१, शनिबार
(May 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमा अतिक्रमणको विरुद्धमा एनआरएनएद्वारा हस्ताक्षर सङ्कलन

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भारतले गरेको नेपाली भूमि अतिक्रमणका विरुद्ध हस्ताक्षर सङ्कलन अभियान शुरु गरेको छ ।

लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विरोधमा विश्वभर छरिएर रहेका नेपालीले भारतलाई दबाब दिन हस्ताक्षर सङ्कलन गर्न लागेको हुन् ।

हस्ताक्षर अभियान आजदेखि शुरु भएको छ । विश्वभरबाट सङ्कलन गरिएको हस्ताक्षर यही जेठ २३ गते काठमाडौँ स्थित भारतीय दूतावासमा बझुाइने सङ्घले जनाएको छ ।

यही जेठ १८ गतेसम्म अनलाइनबाट हस्ताक्षर गर्न सकिनेछ । सङ्कलन गरिएको हस्ताक्षर जेठ १७ गते सम्बन्धित मुलुकमा रहेको भारतीय दूतावास, मिसन तथा सम्बन्धित निकायमा बुझाइने सङ्घको सूचना–सञ्चार तथा प्रशाशन समितिले जनाएको छ ।

प्रकाशित मिति: May 15, 2020

प्रतिक्रिया दिनुहोस्