उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु
प्रदेश नं १ स्थित उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुर जिल्लाको कटारी नगरपालिका-३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घर नजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
चटयाङले सुनुवारको छाती डढेका छन् । गाईवस्तु साँझ घर पुगे पनि सुनुवार खोलामै मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए ।
उनले शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको जानकारी दिए ।