फ्लोअप उपचारका नाममा पूर्वराजा-रानीलाई झापाबाट काठमाडौं आउने सवारी पास दिईयो
फ्लोअप उपचारका नाममा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह जापाबाट काठमाडौँ आउनका लागि पास दिएको बुझिएको छ ।
प्रदेश नम्बर १ स्थित झापा जिल्ला प्रशासनले बिहीबार जारी गरेको सवारी पास केही घण्टामै रद्द गरेको थियोे । तर आजलाई भने फ्लोअप उपचारका नाममा पास जारी गरिएको श्रोतको दावी छ ।
हिजो गृह मन्त्रालयको आदेशपछि उक्त पास रद्द गरिएको बताइएको थियो । आज भने शाह दाम्पती काठमाडौ आउने बताईएको छ ।
झापाका जिल्ला प्रशासन प्रमुख उदयबहादुर रानामगरले घुमाएर उक्त संकेत दिएका छन् । उनले पुर्व राजाको नाममा सवारी पास जारी भएको सिधै नस्विकारे पनि उपचार फ्लोप गर्ने कारण देखाएर जोकोहीले पनि लिने प्रावधान भएको बताए ।
‘पुरवराजा मात्र होइन अतिआवश्यक अवस्थामा आपत्कालको अवस्थामा जोकोहीले पनि पास पाउछन् ।’ नागरिक टाइम्ससँग टेलीफोनमा उनले भने ‘अतिआवश्यक समस्या पर्दा पास दिनु प्रशासनको काम नै हो । कसैले प्रक्रिया पूरा गरि आउछन् भने हामिले दिनैपर्छ’।
हिजो माग गर्न बितिकै प्रशासनले तत्कालै सवारी पास जारी गरेको थियो। भने त्यसको केही घण्टामै प्रशासनले सवारी पास खारेज गरिएको जानकारी गराएको थियो।
गृह मन्त्रालयको आदेशमा झापा जिल्ला प्रशासन कार्यालयले पूर्वराजारानीको सवारी पास रद्द गरेको थियो ।
गृह मन्त्रालयले सोमबार एक जिल्लाबाट अर्को जिल्ला जान जारी गरिएका सम्पूर्ण सवारी पास रद्द गर्ने निर्णय गरेको थियो। यो निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको छ।
बिहीबार नै गृह मन्त्रालयले एउटै जिल्लाभित्र पनि एक ठाउँबाट अर्को ठाउँ जान जारी गरिएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ।
पूर्व राजा ज्ञानेन्द्र शाह लकडाउन सुरु हुनुअगावै पत्नी कोमलसहित झापा पुगेका थिए। झापामा रहेको आफ्नो हिमालय चिया बगानमा शाह दम्पती बसिरहेका थिए।
पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले लकडाउनलाई कडाइ गरिरहेको छ।
बाहिरबाट उपत्यका प्रवेश गरेकामा संक्रमण देखिएपछि प्रशासनले थप कडाइ गरेको छ।
त्यसअघि काठमाडौं उपत्यकामा व्यवहारत: लकडाउन केही खुकुलो बनाइएको थियो।
पुर्वराजा शाह र उनकी पत्नी समेत आज काठमाडौं आउने बताइएको छ । उनलाई प्रहरीको गाडीले स्कटिङ्ग गर्ने छ । पुर्वराजाले आफै ड्राइभ गर्नेछन् ।