Logo
१ मंसिर २०८१, शनिबार
(May 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भीआईपीका सुरक्षागार्डलाई कोरोना संक्रमण खुलेपछि नेकपा बैठक स्थगित

नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटिको आज विहान ११ बजेलाई डाकिएको बैठक अर्को सुचना नआएसम्मका लागि स्थगित स्थगित भएको छ ।

आज विहान ११ बजेलाई डाकिएको बैठक अर्को सुचना नआएसम्मका लागि स्थगित भएको स्थायी कमिटि सदस्य मणि थापाले जानकारी दिए ।

बैठक स्थगनको जानकारी आएपछि धुम्बाराही हिंड्न तयार भएका नेताहरु रोकिएका छन् । कतिपय नेताहरु बाटोबाट फर्किएको बुझिएको छ ।

स्थायी कमिटि सदस्य मणि थापाका अनुसार सबै स्थायी समिति सदस्यहरुको कोरोना टेष्ट गरेपछि मात्र बैठक हुनेछ । अर्का स्थायी कमिटि सदस्य टोपबहादुर रायमाझीले केही स्थायी कमिटि सदस्यको कोरोना टेष्ट हुन बाँकी रहेकाले पनि बैठक स्थगित भएको बताए । सबैको टेष्ट भएपछि बैठक बस्ने बताए ।

तर, स्थायी कमिटि सदस्य भीम रावलका सुरक्षागार्डलाई कोरोना भाइरसको संक्रमणभएलगत्तै बैठक स्थगित हुनु अर्थपूर्ण छ । भक्तपुर दुवाकोटमा अस्थायी रुपमा बस्दै आएका २७ वर्षीय सशस्त्र प्रहरी जवानको हिजो कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

उनी रावलका सुरक्षामा खटिएको टोलीमा रहेको खुलेको थियो । तर, रावलले उनी एक महिनायता श्रीमती सुत्केरी भएर घरबिदामा बसेको बताएका छन् ।

प्रकाशित मिति: May 13, 2020

प्रतिक्रिया दिनुहोस्