Logo
७ पुस २०८१, आईतबार
(May 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अहिलेसम्मको सबै पास रद्द : बिहिवारदेखि एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

लकडाउनबीच पास भएर पनि अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने भएको छ ।

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको हो ।

गृह मन्त्रालयका उप-सचिव उमाकान्त अधिकारीका अनुसार बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो ।

मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो ।

मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।

अधिकारीका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए ।

अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।

सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: May 12, 2020

प्रतिक्रिया दिनुहोस्