५०औं दिनमा नेप्से खुल्यो : १० करोडको कारोबार, पहिलो घण्टामै २२ अंकको गिरावट
लकडाउन सुरु भएदेखि बन्द भएको सेयर बजार ५०औं दिनमा मंगलबार खुलेको छ । ११ बजे खुलेर आधार समय व्यतित भएको सेयर बजारमा हालसम्म २२ दशमलव २१ अंकले घटेर १२ सय २९ दशमलव २४ अंकमा पुगेको छ ।
नेप्सेले सर्किट सीमा र कारोबार समय घटाएर खोलेको बजारमा १ घण्टा कारोबार भइसकेको छ । नेप्से परिसूचकमा १.७७ प्रतिशतले गिरावट हुँदा हालसम्म १० करोड रुपैयाँको कारोबार भएको छ ।
यसक्रममा ६९ कम्पनीका ९९ हजार ४ सय ८८ कित्ता सेयर किनबेच भए । कारोबार खुलेदेखि नै नेप्से घट्दो क्रममा थियो । सेयर कारोबार १ बजेसम्म चल्नेछ ।