Logo
१० मंसिर २०८१, सोमबार
(May 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिल्लीबाट ११ दिनमा जोगवनी आइपुगेका १५ जना नेपाली विराटनगरमा [को कहाँका विवरण सहित]

भारतीय सुरक्षाकर्मीले गएराती १५ जना नेपालीलाई विराटनगरको रानी नाकाबाट नेपाल छिर्न दिएको छ । पैदल र यातायात साधनको सहायताले रानी आइपुगेका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले राती नेपाल पठाइदिएका हुन् ।

त्यसरी आइपुग्नेमा मोरङ, सुनसरी र झापा ठेगाना भएका युवकहरु छन् । दिल्लीबाट पैदल र ट्रकको सहायतामा आउने १५ जना छन् । उनीहरुले दिल्लीबाट रानी आइपुग्न ११ दिन लागेको बताए ।

रानी आइपुगेपछि राती भारतीय प्रहरीले नेपाल पठाइदिएको उनीहरुले जानकारी दिए । उनीहरु मध्ये सुनसरीको इटहरी उपमहानगरपालिका-१५ का पृतम चौधरी र जितेन्द्र चौधरी, गढी गाउँपालिका-१ का भगवान चौधरी, धिरज चौधरी, सुनिल चौधरी, गोविन्द चौधरी र रामहरी चौधरी रहेका छन् ।

इनरुवा नगरपालिका-७ का नविन चौधरी, धरान उपमहानगरपालिका-२० का मंगलसिंह तामाङ रहेका छन् । त्यसैगरी मोरङको सुन्दरहरैंचा नगरपालिका-४ का सुशान माझी र पथरी शनिश्चरे नगरपालिका-८ का सुदीप चौधरी रहेका छन् ।

चारजना भने विहारको छप्राबाट साइकलमा चार दिन लगाएर आएका हुन् । उनीहरु मध्ये दुईजना झापाको कन्काई नगरपालिका–५ का गणेश सुवेदी र पजुन मुखिया तथा शिवसताक्षी नगरपालिका–७ का विकास कुमार सुनुवार र मदन किस्कु रहेका छन् ।

नेपाल प्रवेश गरिसकेका कारण उनीहरुलाई अहिले प्रहरीले रानीमा रोकेर राखेको छ । उनीहरुलाई सम्बन्धित पालिकाहरुसँग समन्वय गरी क्वारेन्टाइनमा पठाउन प्रहरीले समन्वय गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति: May 12, 2020

प्रतिक्रिया दिनुहोस्