Logo
४ आश्विन २०८१, शुक्रबार
(May 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमितको संख्या बढेपछि जेठ ५ गतेसम्म कपिलवस्तु सिल

कोरोना संक्रमितको संख्या बढेपछि कपिलवस्तु प्रशासनले आजै (सोमबार) साँझ ५ बजेदेखि कपिलवस्तु जिल्लालाई पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जरुरी सूचना प्रकाशित गर्दै जेठ ५ गतेसम्म जिल्लालाई सिल गर्ने निर्णय गरिएको बताएको हो ।

सरकारले जारी गरेको लकडाउन पनि जेठ ५ गते समाप्त हुँदैछ । कपिलवस्तुमा सोमबारमात्रै १० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रशासनको निर्णयअनुसार अत्यावश्यकबाहेक सेवाका सवारीसाधन जिल्लामा चल्न पाउने छैनन् । मानिसको आवतजावत, उद्योगधन्दा, निर्माणको काम तथा व्यापार व्यवसायमा पनि रोक लगाइएको छ । खाद्यान्न र तरकारी किन्नका लागि बिहान ७ देखि ९ बजेसम्मको समय दिइएको छ ।

प्रकाशित मिति: May 11, 2020

प्रतिक्रिया दिनुहोस्