Logo
१५ मंसिर २०८१, शनिबार
(May 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालका लागि पूर्वबेलायती राजदूत रिचर्ड मोरिस बेपत्ता, खोजीको लागि प्रहरीको अपिल

नेपालका लागि बेलायतका पूर्व राजदूत ५२ वर्षीय रिचर्ड मोरिस बुधबारदेखि बेपत्ता भएका छन् ।

५२ वर्षीय मोरिस बुधबार (६ में) बिहान १०.३० बजेदेखि ह्याम्पसायरस्थित फर्नहामको बेन्टलीबाट हराइरहेको ह्यम्पसायर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी बिहान दौड्न निस्केका थिए । उनको परिवारले मोरिसको कुशलताका बारेमा चिन्ता व्यक्त गरेका छन् ।

प्रहरीले उनको खोजीका लागि जनसाधारणसँग अपील गरेका छन् । बुधबार साँझ एक अपील प्रकाशित गर्दै प्रहरीले ‘हामीले यसै साँझदेखि उनको खोजी गरिरहेका छौँ तर अब तपाईहरुसित पनि सहयोगका लागि अपील गर्दछौँ ।’

प्रहरीले रिचर्ड हुलिया ६ फिट अग्लो, श्वेत वर्णको, फुलेको कपाल र दाह्री पालेको बताएको छ । उनको अनुहारमा जन्मचिन्ह भएको बताइएको छ ।

उनले लामो बाहुला भएको नीलो जीपर भएको टप, कालो हाफ पाइन्ट र नीलो जुत्ता लगाएको प्रहरीले बताएको छ ।

उनी सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायतका राजदूत थिए । सन् १९९० मा फरिन एण्ड कमनलेल्थ अफिसमा खुला प्रतिस्पर्धाबाट प्रवेश गरेका मोरिसले यसअघि विभिन्न कूटनीतिक जिम्मेवारी निभाइसकेका छन् ।

यदि कसैसित उनको बारेमा जानकारी भए प्रहरीलाई १०१ मा फोन गरी रिफरेन्स नम्बर ६२७ उल्लेख गर्न बताइएको छ । यसैगरी ४४२००१६०३९८ मा फोन गरी विवरण दिन सकिने प्रहरीले जनाएको छ । (वी नेपालीबाट)

प्रकाशित मिति: May 10, 2020

प्रतिक्रिया दिनुहोस्