विश्वभरी कोरोना सङ्क्रमितको संख्या ३८ लाख १८ हजार नाघ्यो, २ लाख ६४ हजारभन्दा बढीको मृत्यु
यति बेला कोरोनाको आक्रान्तले विश्वलाइनै थलापारीरहेको अवस्थामा विश्वभर कोरोना भाइरसको कारण सङ्क्रमित हुनेको सङ्ख्या ३८ लाख १८ हजार सात सय ९१ पुगेको छ ।
२ सय १२ वटा देश र २ वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा सङ्क्रमित हुनेको सङ्ख्या ३८ लाख १८ हजार सात सय ९१ पुगेको हो । सङ्क्रमणको कारण अहिलेसम्म २ लाख ६४ हजार ८ सय जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै सङ्क्रमितमध्ये १२ लाख ९९ हजार ५ सय ३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेकामध्ये २२ लाख ८ हजार ९ सय ३४ जनाको अवस्था सामान्य छ भने ४८ हजार दुई सय ११ जनाको अवस्था सामान्य छ ।
कोरोना भाइरसबाट सबैभन्दा धेरै संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । अमेरिकामा सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा बढी छ ।
अमेरिकामा मात्रै १२ लाख ६३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ७४ हजार ७ सयभन्दा धेरैको ज्यान गएको छ । अहिलेसम्म दुई लाख १२ हजार नौ सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।
इटलीमा २ लाख १४ हजार ४ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २९ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ । ९३ हजार २ सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।
स्पेनमा २ लाख ५३ हजार ६ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २५ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ । १ लाख ५९ हजार तीन सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।
त्यस्तै फ्रान्समा १ लाख ७४ हजार एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २५ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ । ५३ हजार नौ सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।
बेलायतमा २ लाख १ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ३० हजारभन्दा धेरैको ज्यान गएको छ । उपचारपछि निको भएकाको सङ्ख्या खुलाइएको छैन ।
रुसमा एक लाख ६५ हजार नौ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा १ हजार ५ सयभन्दा धेरैको ज्यान गएको छ । २१ हजार तीन सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।
जर्मनीमा एक लाख ६८ हजार एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ७ हजार २ सय ७५ जनाको ज्यान गएको छ । १लाख ३७ हजार ६ सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।
टर्कीमा एक लाख ३१ हजार सात सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा तीन हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । ७८ हजार दुई सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।
इरानमा एक लाख एक हजार ६ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ६ हजार चार सयभन्दा धेरैको मृत्यु भएको छ । ८१ हजार ५ सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।
ब्राजिलमा पनि सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा धेरै छ, अहिलेसम्म १ लाख २६ हजार ६ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ८ हजार ५ सयभन्दा धेरैको मृत्यु भएको छ । ५१ हजार तीन सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।
भारतमा ५० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा १ हजार ७ सयभन्दा धेरैको मृत्यु भएको छ । १५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।