Logo
१ मंसिर २०८१, शनिबार
(May 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउन अझै जारी रहे जनतामा असन्तुष्टि बढ्नेछ, त्यसैले अब खुकुलो हुनेछ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले लकडाउन जारी रहे जनतामा तीब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताएका छन्। थापाले उत्पादनका क्षेत्र, सेवाका क्षेत्रहरु र विकास निर्माणका कामहरु क्रमशः सामाजिक दुरी कायम गर्दै सुचारु गर्नुपर्ने बताए।

आर्थिक र राजनीतिक संकट तथा सामाजिक असन्तुष्टिको अन्त्य गर्न राष्ट्रिय एकता र राजनीतिक एकताको रणनीतिका साथ अगाडि बढ्नुपर्ने गृहमन्त्री थापाले बताए।

लकडाउनका कारण विश्वमा आर्थिक मन्दीसँगै सामाजिक असन्तुष्टि र राजनीतिक संकट पैदा भएकाले लकडाउन खुकुलो हुनुपर्ने थापाले बताए।

उत्पादन र सेवाका क्षेत्रहरु निश्चित सर्तसहित खोल्न नसके कोरोना भन्दा ठूलो संकट पैदा हुने उनको भनाइ छ। संसदको कानून न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै थापाले भने,‘कोरोना संकटलाई तोड्न विश्वले लकडाउन, आइसोलेसन, सामाजिक दुरी कायम गर्ने रणनीति लिएको छ।

तर अब उत्पादन र सेवाका क्षेत्रहरु निश्चित सर्तहरुसहित सामाजिक दुरी कायम गरेर लकडाउन खोल्नुपर्छ। ‘लकडाउन खोल्न नसके कोरोनालाई रोकेपनि नागरिक असन्तुष्टि र असन्तोषको संकटलाई रोक्न सकिँदैन’ उनले भने ‘आर्थिक संकटलाई समाधान गर्ने रणनीति बनाउनुपर्छ।’

बेरोजगारी, शहरबाट गाउँ फर्किने अभियान लगायतका समस्या आर्थिक संकटका कारण बढिरहेको उनले उल्लेख गरे। समिति बैठकमा लकडाउन खुलुलो पार्नुपर्ने उल्लेख गरेपनि कुन मोडालिटी हुने र के सर्त हुने भन्ने विषयमा भने उनले केही बताएनन्।

प्रकाशित मिति: May 5, 2020

प्रतिक्रिया दिनुहोस्