Logo
१ मंसिर २०८१, शनिबार
(May 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली र भारतीयबीच खेतमा दोहोरो झडप भएपछि बिश्रामपुरको अवस्था तनावमय

प्रदेश २ स्थित बारा जिल्लाको बिश्रामपुर गाउँपालिकाका स्थानीयलाई सिमावर्ती भारतीय गाउँ सहदेवाका स्थानीयबासीले कुटपिट गरेपछि तनावमय स्थिती बनेको खबर छ ।

बलिरामपुर टोलका साह मँगलबार बिहान नेपाल भारत सिमानाका नजिकै रहेको आफनो खेतमा काम गर्न गएका थिए । उनी आफनो खेतमा गएको देखेपछि सिमा नजिकै रहेको भारत सहदेवा टोलका तीन/चारजना भारतीयहरु आएर उनलाई कुटपिट गरेका थिए ।

बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुर टोलका स्थानीय छोटेलाल साहलाई सहदेवाका स्थानीयले कुटपिट गरेपछि सीमामा केही बेर तनाव भएको हो ।

कुटपिट गरिरहँदा नै भारतीय एसएसबीको टोली पनि आएर साहलाई नै कुटपिट गरेको स्थानीय मनोज गुप्ताले जानकारी दिए । सोमबार बेलुकी बलिरामपुरका केही युवाले भारतीय एसएसबीका जवानबिच भनाभन हुँदा विवाद भएको थियो ।

एसएसबीले समेत साहलाई कुटपिट गरेको थाहा पाएर बलिरामपुर टोलका स्थानीयहरु साहलाइ बचाउन गएका थिए । सोही क्रममा सहदेवा र बलिरामपुर टोलका स्थानीयबासीहरु ठूलो संख्यामा जम्मा भएपछि विवादले उग्र रुप लिएको हो ।

दुवै तर्फका स्थानीयबासीहरुबिच केही बेर ढुंगामुढा हानाहान समेत भएको बिश्रामपुर गउपालिका वडा नम्बर ४ का वडाध्यक्ष मदनप्रसाद यादवले जानकारी दिए ।

अहिले जिल्ला प्रहरी कार्यालय बारा र सशस्त्र प्रहरी बल बिओपी बरैनियाबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ । दुवैतर्फका सुरक्षाकर्मी र जनप्रतिनिधिबिच वार्ता भएपछि विवाद साम्य भएको उनले बताए ।

प्रकाशित मिति: May 5, 2020

प्रतिक्रिया दिनुहोस्