कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार नाघ्यो
अहिलेको पछिल्लो समयमा विश्वमुलुकनै कोरोना माहामारीबाट आक्रान्त बनीरहेको अवस्थामा कोरोना भाइरस को सङ्क्रमणको कारण विश्वभर साढे २ लाख ५२ हजारभन्दा धेरैको मृत्यु भएको छ ।
वल्डोमिटरका अनुसार कोरोना सङ्क्रमणको कारण अहिलेसम्म २ लाख ५२ हजार दुई सयभन्दा धेरैको मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा ६९ हजार ६ सय जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा १२ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।
यस्तै इटलीमा २९ हजार, बेलायतमा २८ हजार, फ्रान्स र स्पेनमा २५/२५ हजार जनाको मृत्यु भएको छ । विश्वभर ३६ लाख ४० हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै छिमेकी देश भारतमा कोरोनाको कारण पछिल्लो २४ घण्टामा एक सय ५० भन्दा धेरैको ज्यान गएको छ । योसँगै भारतमा ज्यान गुमाउनेको सङ्ख्या १५ सय ५० भन्दा माथि रहेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ९ सयभन्दा धेरै बिरामी थपिएका छन् । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४६ हजार चार सय ३० नाघेको छ ।
यसैबीच विश्वभर झण्डै १२ लाख जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । ११ लाख ९२ हजार ९ सयभन्दा धेरै कोरोनाको सङ्क्रमणबाट निको भएको वल्डोमिटरले जनाएको छ ।
त्यस्तै नेपालमा ८२ जनामा कोरोना सङ्क्रमण भएकोमा १६ जना निको भएका छन् ।