Logo
१ मंसिर २०८१, शनिबार
(May 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संक्रमणको अवस्था हेरी लकडाउन खुकुलो वा कडा बनाउने तयारी, काठमाडौं तत्काल नखुल्ने

कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको नयाँ मोडालिटीको खाका तयार गर्न निर्देशन दिएको छ।

समितिले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको मोडालिटी कस्तो बनाउने भनेर खाका तयार गर्न निर्देशन दिएको हो । पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ।

सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको थियो।

नेपालमा हालसम्म कोरोनाका ७५ जना संक्रमित भेटिएका छन् भने त्यसमध्ये १६ जना निको भइसकेका छन्। निको भइसकेकोमध्ये दुईजना फेरि अस्पताल भर्ना भएका छन्।

‘बैठकले भोलि समितिमा खाका पेश गर्न ती मन्त्रालयलाई भनेको छ। सोही सुझावको आधारमा मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ’,समिति बैठकमा उपस्थित एक मन्त्रीले भने।

अवस्था र सुरक्षा सतर्कता हेरी अन्य ठाउँलाई खुलाउने वा कडा बनाउने तयारीबीच तत्काल काठमाडौंलाई भने ‘हाइरिस्क’ मै राखिने ती मन्त्रीले बताए।

‘लकडाउन खुकुलो बनाउने तयारी छ। ठाउँको अवस्था हेरी ग्रीन जोन, रेड जोन, एल्लो जोन गरी छुट्याइने छ। यद्यपी काठमाडौं ग्रीन जोन मै परे पनि तत्काल काठमाडौंमा लकडाउन नखुलाउने छलफल भयो,’ ती मन्त्रीले भने।

प्रकाशित मिति: May 4, 2020

प्रतिक्रिया दिनुहोस्