दुहबी नगरपालिकामा दोस्रो चरणको राहत संघीय सरकारको निर्देशन अनुसार हुने: मेयर गच्छदार
प्रेम गिरि/
दुहबी नगरपालिकामा दोस्रो चरणको राहत वितरण प्रक्रिया संघीय सरकारको निर्देशन अनुसार हुने भएको छ ।
यसै बिच आज दुहबी नगरपालिकाको राहत कोषमा मारवाडि सेवा समिति दुहबीले ६१ हजार १ सय सहयोग गरेेको छ। कोरोना भाइरसको माहामारीले गर्दा लकडाउन लम्बिएकोले दुहबीका बिपन्न र असंगठित मजदुर लगायतलाई सहयोग गर्ने उदेश्यले दुहबी नगर प्रमुख बेदनारायण गच्छदारलाई मारवाडि सेवा समिति दुहबीका अध्यक्ष राकेश मुन्दडाले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।
दोस्रो चरणको राहतको विषयमा दुहबी नगर प्रमुख गच्छदारले संघिय सरकारको निर्देशन अनुरुप राहतकालागि असंगठित तथा रोजगार न पाएकाहरु लगायतलाइ बिकास निर्माणको काममा लगाएर रोजगार दिने तयारी गर्नुका साथै प्रदेश तथा संघीय सरकारसग पहल गरि रहेको जानकारी दिएका छ्न ।
सरकारले राहत लिनको लागि सरकारी काम गर्नुपर्ने व्यवस्था सहितको कार्यविधि वैशाख १४ गतेको मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि यस्तो व्यवस्था लागूभएको हो ।
अर्थ मन्त्रालयले बनाएको कार्यविधि अनुसार दैनिक ज्याला मजदूरी गर्ने श्रमिकले आफ्नो काम गुमेको जानकारी र आफु कामको लागि इच्छुक भएको कुरा पालिकाले थाहा
पाउनुपर्नेछ ।
पालिकाले त्यस्ता परिवारको पहिचान गर्ने रोजगार केन्द्रमा उनीहरुको नाम सुचिकृत गर्नेछ । पालिकाहरुले नै ज्याला निर्धारण गर्नेछन् । श्रमिकहरुलाई पालिका, प्रदेश या संघीय सरकारका काममा लगाइने र उनीहरुलाई ज्याला दिइने कार्यविधिमा उल्लेख छ । यसो गर्दा श्रमिकले पैसा पनि पाउने र केही काम पनि हुने सरकारले जनाएको छ ।
काम नगर्नेहरुले भने काम गर्ने मजदूरले पाउने ज्यालाको २५ प्रतिशत रकम बराबरको मात्रै राहत दिइने कार्यविधिमा उल्लेख छ ।
यसरी ज्यालामा लगाएर दिइने रकम प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना र कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट समेत प्रयोग गर्न सकिनेछ ।
परिवारको कुनै पनि सदस्य स्वरोजगारमा नभएको, औपचारिक क्षेत्रमा संलग्न नभएको अन्य आय आर्जन नभएको परिवारले मात्रै काम र राहत पाउनेछन्, गलत घोषणा गरी काम र राहत लिएको पाइएमा फिर्ता गर्न लगाइने कार्यविधिमा उल्लेख छ ।
कार्यविधि अनुसार गैर सरकारी संस्थाले पनि अब पालिकाहरुसँग समन्वय गरेर उनीहरुको अनुमति र तोकिएको क्षेत्रमा मात्रै राहत दिन पाउनेछन् ।