‘सिमामा फोटो खिचाउनुपर्छ’ भन्दै भारतबाट आएका नेपालीलाई उतै फर्काएपछि स्थानीय आक्रोशित
प्रदेश १ स्थित सुनसरीको कोशी गाउँपालिका ५ श्रीपुरमा सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले नेपाल आएका ५ जना स्थानीय नेपालीलाई भारत तर्फ फर्काएपछि स्थानीयहरु आक्रोषित बनेका छन् ।
शनिबार भारतमा काम गरेर फर्किएकाहरु लामो यात्रा गर्दै भारतकै विरपुरको क्वारेन्टाईनमा समेत १४ दिन बसेर आएकालाई फर्काएपछि आक्रोशित बनेका हुन् ।
उनिहरुलाई सशस्त्र प्रहरीले फेरी उतै पठाएकाले स्थानीयहरु आक्रोषित बनेका हुन् । भारतबाट ५ जना नेपाली नेपाल भित्रिएकाउनीहरु फेरि कोशी गाउँपालिका ५ कै क्वारेन्टाइनमा बसेका थिए।
आएको भोलीपल्ट बाहिरबाट आएकाले सीमामा फोटो खिच्नुछ भन्दै उनिहरुलाई लगेर सशस्त्र प्रहरी बल श्रीपुरले उतै फर्काएका थिए ।
नेपाली भारतबाट आएको थाहा पाएपछि उनीहरूलाई फेरि भारत पठाउने माथिको आदेश भन्दै पठाएको सशस्त्रले दावी गरेपनि स्थानीयहरुले सशस्त्रको ज्यादती र नेपाली प्रतिको अपमान भएको दावी गरेका छन् ।
स्थानीयहरुले लान नदिएपछि स्थानीय वडा अध्यक्षसँग समन्वय गरिएको थियोे ।
सशस्त्र प्रहरी बल श्रीपुरका प्रहरी निरीक्षक देबेन्द्र मैनालीले उनीहरुलाई भारतीय सिमा सुरक्षा बल एसएसवीलाई जिम्मा लगाएकाले स्थानीयहरु आक्रोषित बनेको स्थानीय अफसर अलिले बताए ।
सशस्त्रले गाउँबाट सहमति लगे पनि भ्रममा पारेर भारतको एसएसबीलाई जिम्मा लगाइदिएपछि स्थानीय आक्रोशित भएको थियो ।
पीडित परिवार तथा आफन्तहरुले दुख कठिनाइ खेपी आएको आफ्नो छोरो दिनुपर्ने माग गरेका छन् ।
नोभेल कोरोना भाइरसका कारण अहिले लाखौं नेपाली भारतमा अलपत्र परेका छन् भने हजारौंको संख्यामा क्वारेन्टाइनमा राखिएका छन् ।
ती क्वारेन्टाइनहरुबाटै आईतबार सखार आजम , महफुज आलम, युसुफ मियाँ, सफिक आलम र नयाँर आलम सहितलाई सशस्त्र प्रहरीले भारतीय एसएसवीलाई जिम्मा लगाईएको गाउँलेहरुले बताएका छन् ।