Logo
१५ मंसिर २०८१, शनिबार
(May 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संयुक्त राष्ट्रले छान्यो पाँच महिला : कोभिडसँग लड्ने अग्रिम मोर्चामा नेपालबाट रुना झा

विश्वभर फैलिएको कारोना भाइरससँग सबैजसो देशहरु लडिरहेका छन् । संयुक्त राष्ट्रसंघले कारोनाविरुद्वको लडाईमा अग्रसर भई काम गर्दै आएको पाँच महिलाको नाम सुचीमा समावेश गरेको छ ।

संक्रमण न्युनीकरण गर्न प्रत्येक देशका स्वास्थ्यकर्मी, चिकित्सक तथा सराकोवालाहरु दिनरात तीव्र गतीमा कामलाई निरन्तरता दिइरहेको छ । यो निकै सराहनिय छ ।

स्वास्थ्य क्षेत्रले प्रत्येक दिन नयाँ चुनौतीको सामना गर्दै आएको छ । त्यसमध्ये नेपालका तर्फबाट नेपाल राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाको नाम समेत परेको छ ।

यो नेपालको स्वास्थ्य क्षेत्रमा महिलाद्वारा गरिएको उपलब्धीले नयाँ उचाई कायम गरेको छ । राष्ट्रसंघका अनुसार डा झा र उनको ७० जनाको टालीले दैनिक रुपमा करिब ७० वटा कोरोना परिक्षण गर्ने गर्दछन् ।

उनको टोली कोरोना न्युनीकरण गर्न दिनरात प्रयोशालामा खटिएका छन् । ढिलासम्म काम गर्दा आफ्नो र टोली समेतका लागी यातायात र खाने सामाग्री स्वेयम जुटाएको बताउँछिन् ।

आफ्नो टोलीको सम्पूर्ण कार्यविधिलाई पहिलो पा्रथमिकतामा राखेकोे बताएकी छिन् । चीनबाट आएका १७५ नेपाली विद्यार्थीको परिक्षण समेत गरिसकेको उनले बताइन् । आफ्नो टोली कोरोना संक्रमित व्यक्तिको नमुना दिन नहिच्किचाउने बताइन् ।

कोरोना संक्रमणको डरले उनी आफ्नो परिवारसंग समेत नभेट्ने र अलगै बस्ने गर्दछिन् । उनी आफ्नो छोरीलाई अंगालो हाल्न चाहन्छिन तर वाध्यता रहेको उनले पिडा पोखिन् ।

संयुक्त राष्ट्रसंघद्वारा जारी गरिएको पाँच महिलाका नाम :

१. चीनको तर्फबाट यान शेंगलियन
२. नेपालको तर्फबाट डा रुना झा
३. काजाकिस्तानको तर्फबाट ने मोल्ची
४.क्यारिबियन समुदायबाट र्यानसिया हेनरी
५. जार्डनको तर्फबाट हमल हल महायरा र हेदल दाबाइबे

प्रकाशित मिति: May 2, 2020

प्रतिक्रिया दिनुहोस्