लोचन वास्तु सेवा र सिभिल मिडियाको सहकार्यमा अशक्तलाई खाद्यान्न सहयोग
काठमाडौं : देश कोरोनाको युद्धमा लडिरहेका बेला विभिन्न आश्रममा आश्रय लिएर बसेका अशक्त,अशाय, विकलाङ्गहरुको लागि लोचन ज्याेतिष एवं वास्तु सेवा तथा सिभिल मिडियाको सहकार्यमा खाद्यान्न सामग्री वितरण वितरण गरेको छ। चामल, दाल,नुन र तेल गरेर आवश्यक्ता हेरर १ महिना सम्म पुग्ने सामग्री वितरण गरेको छ।
अपाङगताको क्षेत्रमा काम गर्दै आएको अपांग पुनस्थापन केन्द्र नेपाल गोकर्णेश्वर, अपांग शौचालय पुनर्निर्माण परियोजना सामाखुसी र विभिन्न ठाउँमा रहेका अन्य ब्यक्तीहरु लाई आवस्यक मात्रामा २० बोरा चामल दाल र तेल जस्ता अतिआवस्यक खाद्यान्न सामग्री वितरण गरेको उत्तम उपाध्याय न्यौपानेले बताउनु भयो।
लोचन ज्याेतिष एवं वास्तु सेवाले यसअघि पनि विभिन्न संस्थालाइ सहयोगमा सहजीकरण गरेको थियो। लोचन सतमार्ग सामाज मार्फत पनि संस्थाले सहयोग गर्दै आएको छ।सिन्धुपाल्चोकको लगाएत देशमा रहेका गुरुकुल र आश्रममा शिक्षा तथा खाद्यान्न सामग्री पनि नियमित रुपमा वितरण गर्दै आएको छ।
देश बिदेशमा रहेको जो सुकैले पनि आफ्नो इछा अनुसार सहयोग गरेको पैसा यसरी नहि प्रतिकुल समय र आवस्यकता हेरर सहयोग गर्ने गरेको छ। यस्तो अवस्थामा दुखी हरुको सेवा गर्दा पुन्य प्राप्त हुने र अरु कुनै कार्य गर्नु पर्दैनन् भन्ने शास्त्रमा उल्लेख छ भन्ने कुरा उत्तम उपाध्याय न्यौपानेले बताउनु भयो।
लोचन ज्याेतिष एवं वास्तु सेवा र लोचन जेम्स बाट हुने कमाईको केहि हिस्सा यसरी सेवामा खर्च गर्न पाउँदा आफुलाइ आनन्द आउने र सबैलाई यसरी नहि अशक्त,अशाय, विकलाङ्गहरुको सकेको सेवा गर्नु पर्ने मान्यता राख्छन् उत्तम उपाध्याय न्यौपाने।
प्रतिकुल परिस्थितिमा पनि आश्रममा आइ समस्यामा परेका हरुको चुल्हो निभ्न नदिन सहयोग पुर्याएकोमा सहयोग गर्ने डा. उत्तम उपाध्याय न्यौपाने,बिरेन्द्र केम सागर नाथ उपाध्याय, साजन घिमिरे लगाएत सम्पुर्ण साथीहरूलाई विभिन्न आश्रमका प्रमुखहरूले धन्यवाद दिएका थिए ।