Logo
१० मंसिर २०८१, सोमबार
(April 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गढी गाउँपालिकाको राहत वितरण अपारदर्शी भएको भन्दै नेकपा गढी गाउँ कमिटीको असन्तुष्टि

विश्व भर अहिले कोरोना भाइरसको महामारीमा सरकारले गरेको लकडाउनमा सुनसरीको गढी गाउँपालिकाको राहत वितरणको शैलिप्रति नेपाल कम्यूनिष्ट पार्टी गढी गाउँ कमिटी असन्तुष्ट भएको आज प्रेश विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

महामारीको समयमा गाउँपालिकाले गरेका गतिविधीहरु पारदर्शी नभएको उल्लेख गरीएको छ । राहत वितरणमा राजनितीक प्रतिसोध लिएको समेत विज्ञप्तीमा उल्लेख गराएका छन् ।

गढी वासीहरुको जनजिवन निकै कष्टकर हुँदै गइरहेता पनि स्थानिय सरकारले प्रभावकारी कदम चालन नसकेको दावी गरेको छ ।

गढी गाउँपालिकाले पिच्छे फरक फरक राहत सामाग्री वितरण गरीरहेको, राहत वितरण गर्दा राजनितीक प्रतिसोध लिएको, राहत सामाग्री गुनस्तरहीन तथा कम तौल १७/१८ के.जी. चामलको पोका भएको, कोरोना रोकथामको लागी जनचेतना प्रभावकारी नभएको तथा स्वास्थ्य सामाग्रीहरु हाल सम्म वितरण नगरेको, कोरेन्टाइनको व्यवस्थापनमा प्रभावकारी नभएको, लकडाउन अवधिमा गाउँपालिका बाहिर भएका गाउँबासीहरुलाई व्यवस्थित रुपमा घर ल्याउन नसकिएको, जेष्ठ नागरीकका लागी हाल सम्म कुनै राहत प्याकेज ल्याउन नसकिएको, विधार्थी, किसानहरुका लागी लकडाउन अवधि भरीमा उचित विधैयक ल्याउन नसकेको बिज्ञप्तिमा उल्लेख छ ।

साथै नेपाल सरकारले जारी गरेको कोरोना भाइरस सम्वन्धि निर्देशिकाको विपरीत स्थानिय नेपाल प्रहरी स्थानियबाट हाट वजार गुद्रिका साना खुद्रा ब्यापारी तथा कृषि उपज सामाग्रीहरु विक्रि वितरकलाई त्रसिद वनाउदा पनि स्थानिय सरकार मौन बसेको हुँदा नेकपा गाउँसमितीकोे बैठक बसी आज प्रेश विज्ञप्ती मार्फत सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: Apr 30, 2020

प्रतिक्रिया दिनुहोस्