Logo
४ आश्विन २०८१, शुक्रबार
(April 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ता जोगाउन ओली समुहको बालुवाटारमा बृहत्त भेला !

राजनैतिक र संवैधानिक दुई अध्यादेशले नेकपा भित्र विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा सांसद्हरुको भेला गराएका छन ।

ओली समूहले कुनै पनि वेला बहुमत सांसदको हस्ताक्षर देखाउने गरी बुधबार बालुवाटारमा सांसद र निकट केन्द्रीय सदस्यहरूको भेला गरेको उच्च स्रोतले बतायो ।

अहिलेसम्म ७० भन्दा बढी सांसदले भेलामै उपस्थिति जनाएको, बाँकी सांसदहरू पनि काठमाडौं आउने क्रम जारी रहेको तथा पूर्वमाओवादी समूहबाट एक दर्जनभन्दा बढी सांसदले समर्थन गर्ने निश्चित देखिएको भन्दै सुविधाजनक बहुमत पुगिसकेको ओली समूहले दाबी गरेको छ ।

भेलामा सहभागी सबै सांसदले राजनीतिक स्थिरताका लागि प्रधानमन्त्री छाड्नुहुँदैन भन्ने सुझाब दिएको पनि उच्च स्रोतको दावी छ ।

एक सय ७४ सदस्यीय संसदीय दलमा ७८ सांसद आफूसँग भएको र बहुमतका लागि थप १० सांसद जुटाउन सम्भव रहेको ओली समूहको विश्वास छ । स्रोतका अनुसार आज ५ बजेबाट सुरु हुने सचिवालय बैठकमै आफूलाई बहुमत सांसदको समर्थन रहेको अनुभूति दिने गरी प्रधानमन्त्रीले तयारी तीव्र पारेको बताइएको छ ।

प्रकाशित मिति: Apr 29, 2020

प्रतिक्रिया दिनुहोस्