Logo
१ मंसिर २०८१, शनिबार
(April 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी वकिल कार्यालयद्वारा पनि सर्वेन्द्र र महेशविरुद्ध जाहेरी दर्ता गर्न अस्वीकार

सांसद डा. सुरेन्द्र यादव अपहरण मुद्धाको किटानी जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुगेका थिए तर सरकारी वकिलको कार्यालयले पनि जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।

नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न नेताहरु सरकारी वकिलको कार्यालय बबरमहल पुगेका थिए ।

मुद्दा दर्ता गर्न अपहरित भनिएका डा. यादव, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठलगायतका नेताहरु पुगेका थिए ।

उनीहरुले महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन खोजेका भएपनि प्रहरीले दर्ता गर्न मानेन । त्यसपछि उनीहरु सरकारी वकिलको कार्यालय पुगेका थिए ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जसपाका नेताहरु सरकारी वकिलको कार्यालय पुगेका थिए ।

तर दुई घण्टा लामो छलफलमा पनि सरकारी वकिलको कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले दर्ता गर्न मानेनन् ।

बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा। सुरेन्द्र यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए । डा. यादवले आफूलाई अपहरणको शैलीमा काठमाडौंमा ल्याएको बताएका छन् ।

समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरेका छन् ।

महोत्तरीबाट काठमाडौं ल्याएको भोलिपल्ट बिहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरूको सम्पर्कमा पुगेका थिए ।

खनाल, श्रेष्ठ र बस्नेतले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।

प्रकाशित मिति: Apr 28, 2020

प्रतिक्रिया दिनुहोस्