भरतपुर अस्पतालमा चोरी गरेको सीसीटीभी फुटेज बाहिरिए पछि अख्तियारको छापा
बाग्मति प्रदेश स्थित चितवनको (कोरोना विशेष) अस्थायी भरतपुर अस्पतालमा स्वास्थ्यका विभिन्न सामग्रीहरु अस्पतालका कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
अहिलेको बर्तमान समयमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरिहेको अवस्थामा भरतपुर अस्पतालका कर्मचारीले नै सामान चोरी गरेको भिडियो सञ्चारमाध्यमबाट बाहिरीएपछि मंगलबार दिउँसो हेटौंडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो ।
कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ । प्रदेश सरकारले अस्पताल संचालनका लागि १ करोड रुपैयाँ सहयोग गरेको थियो ।