Logo
१ मंसिर २०८१, शनिबार
(April 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद अपहरणको मुद्दा दर्ता गर्न जसपाका नेताहरु सरकारी वकिल कार्यालयमा

सांसद डा. सुरेन्द्र यादव अपहरण मुद्धाको किटानी जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुगेका छन् ।

नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न नेताहरु सरकारी वकिलको कार्यालय बबरमहल पुगेका हुन् ।

मुद्दा दर्ता गर्न अपहरित भनिएका डा. यादव, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठलगायतका नेताहरु पुगेका छन् ।

उनीहरुले महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन खोजेका भएपनि प्रहरीले दर्ता गर्न मानेन । त्यसपछि उनीहरु सरकारी वकिलको कार्यालय पुगेका छन् ।

प्रकाशित मिति: Apr 28, 2020

प्रतिक्रिया दिनुहोस्