Logo
९ पुस २०८१, मंगलबार
(April 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउन अवधिभर कर्मचारीले सार्वजनिक बिदा सरह सुविधा

देशभर जारी लकडाउन अवधिभर कार्यालयमा उपस्थित हुनु नपर्ने कर्मचारीले सार्वजनिक बिदा सरह सुविधा पाउने बारे सरकारले गरेको निर्णय राजपत्रमा प्रकाशित भएको छ ।

गत वैशाख २ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ‘सम्पूर्ण सरकारी कार्यालय निकाय तथा उद्योगले बिदा दिएका कर्मचारी र श्रमिकको हकमा खाइपाइ आएको तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने’ उल्लेख गर्दै सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नुपर्ने जनाइएको थियो ।

प्रकाशित मिति: Apr 27, 2020

प्रतिक्रिया दिनुहोस्