Logo
९ पुस २०८१, मंगलबार
(April 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृह मन्त्रालयद्वारा लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र

अहिले विश्वभरि माहामारीरुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि गृह मन्त्रालयले लगाएको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ ।

पछिल्लो समय स्थानीय तहहरुले काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रुहरु गाउँमा लगेका छन् । विराटनगर महानगरपालिकाले अलपत्र परेकाहरु भन्दै ७ वटा गाडीमा १६० जनालाई काठमाडौं उपत्यकामा पठायो ।

‘अत्यावश्क सेवाका लागि पास चाहिँदैन । अरुको हकमा विना पासका सवारी चलाउन नदिनू भनेर हामीले यसअघि नै परिपत्र गरेको हौं,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘लकडाउन खुकुलो भएको गुनासो आएपछि आज फेरि परिपत्र गरेर त्यसलाई सम्झाएका छौं ।’

साथै सडकमा सवारी साधनको चाप पनि बढेको छ । लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारी आवतजावतमा पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको छ ।

गृहको परिपत्रलगत्तै प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई कारबाही थालेको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार सोमबार मात्रै १ हजार १२४ जना व्यक्ति उपत्यकाबाट कारबाहीमा परेका छन् । यस्तै ६२ वटा सवारीसाधन पनि कारबाहीमा परे ।

प्रकाशित मिति: Apr 27, 2020

प्रतिक्रिया दिनुहोस्