Logo
१ मंसिर २०८१, शनिबार
(April 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरबाट काठमाडौं आएका यात्रुलाई व्यक्तिगत विवरण टिपेर छाडियो

संघीय राजधानी स्थित थानकोट प्रहरीले विराटनगर महानगरपालिकाले पठाएको यात्रुलाई विवरण टिपेर छाडेको छ ।

विराटनगर महानगरपालिकाले गाडी रिजर्भ गरेर काठमाडौं पठाएका यात्रुलाई नागढुंगा चेकपोस्टका प्रहरीले व्यक्तिगत विवरण टिपेर गन्तव्यमा जान दिएको हो ।

यात्रुको नाम, आएको र जाने ठाउँलगायतका विवरण टिपेर प्रहरीले यात्रुलाई छाडेको हो।
महानगरपालिकाले ७ वटा बसमा १६० जनालाई काठमाडौं पठाएको थियो।

उनीहरुलाई गाडीबाट झारेर चेकपोस्टमा प्रहरीले केहीबेर रोकेको थियो। हरेक बसमा १९ जना यात्रु पठाइएको थियो। उनीहरु सोमबार बिहान साढे ८ बजे चेकपोस्ट आइपुगेका थिए।

प्रहरीले चेकपोस्टबाट अलि तल यात्रु झरेर बसहरु काठमाडौं प्रवेश गराए पनि यात्रुलाई भने रोकेर राखेको थियो।

८ बजे अगाडि विराटनगरलगायतका अन्य ठाउँबाट आएका याुत्रहरु काठमाडौं प्रवेश गरिसकेका थिए। तर त्यसपछि आएका यात्रुलाई भने माथिको आदेश चाहिने भन्दै प्रहरीले रोकेको थियो।

प्रकाशित मिति: Apr 27, 2020

प्रतिक्रिया दिनुहोस्