‘मिल्दैन भन्दै’ प्रहरीले जसपाका नेताहरूबाट सांसद अपहरण सम्बन्धी जाहेरी लिन मानेन !
नवगठित जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अहपरण गरेको सम्बन्धमा जाहेरी दिन पुगेका नेताहरुलाई काठमाडौं प्रहरी परिसरले फिर्ता गरिदिएको छ ।
प्रहरीले घटनाको सुरुवात महोत्तरीमा भएको हुँदा त्यहीँ जाहेरी दिन भन्दै लिन नमानेको नेताहरुले बताएका छन् ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले एसपी र डीएसपीले जाहरी लिने यहाँ होइन महोत्तरी जाउ भनेको बताए ।
उनले सामाजिक सञ्जालमा भने -“जबकि कानुनले नजिकको प्रहरी र यथाशिघ्र समयमा जाहेरी गर्ने भनेको छ ।
प्रहरी परिसर टेकुमा एसएसपी गायब । अहिले जाहेरी लिन नमानेको अवस्था छ । कानुनभन्दा माथि ओली सरकार देखियो?”
परिसरका एसएसपी श्यामलाल ज्ञवालीले पनि घटनाको सुरुवात जहाँ भएको हो त्यहीँ जानुस् भनेको जानकारी दिए ।