बर्दियामा ८ हजार घरपरिवारलाई राहत वितरण
प्रदेश नं ५ स्थित बर्दियामा झन्डै आठ हजार घरपरिवारलाई राहत वितरण गरिएको छ । आजसम्म सात हजार ९६५ घरपरिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
बर्दियामा सबैभन्दा धेरै मधुवन नगरपालिकाले राहत वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयका तथ्यांकानुसार मधुवनले हालसम्म दुई हजार ४५८ घरपरिवारलाई राहत वितरण गरेको छ ।
यस्तै बढैयाताल गाउँपालिकाले एक हजार ६ सय, गुलरिया नगरपालिकाले ९२३, बाँसगढी नगरपालिकाले ६६३, बारबर्दिया नगरपालिकाले एक हजार ३५ र ठाकुरबाबा नगरपालिकाले एक हजार २८६ घरपरिवारलाई राहत वितरण गरेका हुन् ।
पालिकाका क्वारेन्टाइनमा ६९०
कोरोना भाइरस संक्रमण रोक्न जिल्ला बाहिर तथा भारत र तेस्रो मुलुकबाट आएका ६९० जनालाई बर्दियाका आठ पालिकाका विभिन्न क्वारेन्टाइनमा राखिएको छ । तीमध्ये ६२८ पुरुष र ६२ महिला छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार गुलरिया नगरपालिकामा १३२, मधुवन नगरपालिकामा १२२, राजापुर नगरपालिकामा ७५, ठाकुबाबा नगरपालिकामा १२१, बारबर्दियामा ९७, बाँसगढीमा १७, गेरुवा गाउँपालिकामा १०४ र बढैयाताल गाउँपालिकामा २२ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए ।
हालसम्म बर्दियाका आठ पालिकाका विभिन्न स्थानमा ९९९ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । यहाँ ३८६ जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट र २५ जनाको थ्रोट स्वाब परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी पे्रमलाल लामिछानेले बताए ।
परीक्षण गरिएका ३७१ र स्वाब परीक्षण गरिएका १४ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । बारबर्दिया नगरपालिकामा स्थापित २६ सामुदायिक क्वारेन्टाइनमा २४९ जनालाई राखिएको छ ।