‘जनता समाजवादी पार्टी नेपाल’ नयाँ नाम राखेर केहि बेरमा सपा-राजपाबीच एकता घोषणा हुँदै
‘जनता समाजवादी पार्टी नेेपाल’ नयाँ नाम राखेर केहि बेरमा सपा-राजपाबीच एकता घोषणा हुने भएको छ ।
समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले अहिले केही बेरमा एकता घोषणा हुने बताए ।
उनका अनुसार राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरणका लागि अहिले काठमाडौंमा वार्ता जारी रहेको छ।
छलफलमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारी रहेका छन् ।
त्यस्तै समाजवादीको तर्फबाट अध्यक्षद्वय यादव र बाबुराम भट्टराई तथा नेताहरु अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी रहेका छन् ।
एकीकरणका लागि लामो समयदेखि चल्दै आएको वार्तालाई निष्कर्षमा पुर्याउन दुवै पार्टीका शीर्ष नेताहरु जुटेका हुन् भने अहिले केहि बेरमा एकता घोषणा हुने भएको हो ।
राजपा र समाजवादीका केही नेताहरुले पार्टी विभाजन गर्न लागेको खबर पाएपछि दुवै दलका शीर्ष नेताहरुले एकीकरण घोषणा गर्न छलफललाई तीव्र पारेको बुझिएको छ।
स्रोतका अनुसार आज अबेर रातिसम्म सम्झौता पत्रमा हस्ताक्षर हुनेछ ।