Logo
११ माघ २०८१, शुक्रबार
(April 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकतन्त्रलाई समाप्त पार्ने सरकारको षड्यन्त्र, राजपा-सपा फुट्दैन बरु जुट्छ : राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष राजेन्द्र महतोले दल विभाजन सम्बन्धी नयाँ व्यवस्था सरकारलाई नै घाँडो हुने बताएका छन् ।

उनले देशमा सरकारले लोकतन्त्रलाई समाप्त पार्न षड्यन्त्र गरिरहे आरोप लगाए । संवैधानिक परिषद्मा विपक्षीको भूमिका कमजोर बनाएर बहुदलीय व्यवस्थालाई समाप्त पार्न खोजिएको उनको आरोप रहेको छ ।

राजपाभित्र कुनै पनि विवाद नरहेको स्पष्ट पार्दै महतोले नागरिक टाईम्ससँग भने,‘हामी बैकल्पिक शक्ति निर्माणमा थियौं र अहिले पनि छौं। हामी देशकै बैकल्पिक शक्ति बनाउँछौं।’

महतोले भने,‘हामी फुट्दैनौं। अब हामी जुट्छौं। राजपा र समाजवादी पार्टीबीच एकता भएर अगाडि बढ्छौं।’

पार्टी फुटाउने हल्ला फैलाएर राजपा र समाजवादीलाई कमजोर पार्ने षड्यन्त्र भएको उनको दाबी रहेको छ।

प्रकाशित मिति: Apr 20, 2020

प्रतिक्रिया दिनुहोस्