नेकपा सचिवालय बैठक सकिए लगत्तै राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री पुगे शितल निवास
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ ।
बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नका लागि शीतलनिवास पुगेका छन् ।
मन्त्रिपरिषद बैठकले गरेको निर्णयका बारेमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो ।
बैठकमा विभिन्न कोणबाट छलफल भएको र ठूलो रुपमा नलिन प्रधानमन्त्रीले आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।