Logo
१० मंसिर २०८१, सोमबार
(April 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ मा कोरोना उपचारका लागि ६ महिला र १७ पुरुषसहित २३ जना आइसोलेशनमा

 प्रदेश नं.१ मा कोरोना भाइरसको रोकथाम र उपचारका क्रममा ६ महिला र १७ पुरुषसहित २३ जना आइसोलेशनमा छन् ।

ती सबै स्वास्थ्यकर्मीको निगरानीमा छन् । प्रदेशमा आइतबार साँझसम्ममा पिसीआर विधिबाट ३८७ जना स्वाव र आरडिटी विधिबाट २ हजार २८१ जनाको नमूना परीक्षण गरिएको छ ।

धरानस्थ्ति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पिसीआर विधिबाट नमूना परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या हाल ६ सय ७६ पुगेको छ । होम क्वारेन्टाइनमा ४हजार २२३ जना छन् ।

प्रदेशमा १३ जनामा सङ्क्रमण देखिएकामा २ जना नेपाली र ११ जना भारतीय नागरिक छन् ।

प्रकाशित मिति: Apr 20, 2020

प्रतिक्रिया दिनुहोस्