Logo
४ आश्विन २०८१, शुक्रबार
(April 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुलभ अग्रवाललाई अझै ४ दिन थुनामा राख्न अनुमति

थर्मल गनको कालोबजारी गरेको अभियोगमा पक्राउ परेका शंकर ग्रुपका संचालक सुलभ अग्रवाललाई आज म्याद थप गरेको छ ।

विभिन्न शक्ति केन्द्रले अग्रवाललाई छुटाउन प्रहरी प्रसासनलाई दवाव दिएपनि महानगरीय प्रहरी परिसर काठमाडौले उनीविरुद्ध थप ४ दिन म्याद थप गरेको हो । ३ हजार पर्ने थर्मल गनलाई कुटनीतिक नियोगको सवारी साधन प्रयोग गरी अग्रवालले प्रहरीलाई नै उक्त गन बिक्रि गरेपछि उनलाई सामानसहित पक्राउ गरिएको थियो ।

अहिले केही प्रहरी उच्च अधिकारीले उनलाई आज नै जिल्ला प्रशासन कार्यालयमा बुझाउन प्रहरी परिसर काठमाडौलाई दवाव दिएको भएपनि प्रहरीले भने म्याद थपकालागि बबरमहल लगेको थियो ।

प्रकाशित मिति: Apr 19, 2020

प्रतिक्रिया दिनुहोस्