Logo
१ मंसिर २०८१, शनिबार
(April 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी नगरपालिकाको राहत कोषमा सहयोग जुट्दै : भगवती चौधरीद्वारा ७५ बोरा चामल प्रदान

प्रदेश १ स्थित सुनसरीको दुहबी नगरपालिकाको कोरोना भाइरस (कोभिड–१९) को महामारी जोखिम तथा विपत ब्यबस्थापन राहत कोषमा दुहबीका उद्योग तथा संस्थाहरुले सहयोग गरेको छ ।

मुलुक अहिले कोरोना भइरस (कोभिड–१९) को संक्रमणको कारण देश पुरै लकडाउनमा रहेकोले यसबाट अति विपन्न बर्ग, दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र त्यसमा आश्रित मानिसहरु प्रभावित भइरहेकोले उनीहरुलाई केही राहत प्रदान गर्नको लागि सहयोग गरिएको हो ।

दुहबीमा रहेको फरवार्ड माइक्रो फाइनान्स वित्तिय संस्था लि. तथा पूर्व राज्यमन्त्री भगवती चौधरीले २० केजी बराबरको ७५ बोरा चामल सहयोग गरेको हो ।

यसैगरि रौनीयार सेवा समाज दुहबीले ५१ हजार, तावाचे इँटा उद्योगले ५१ हजार, किरात राई यायोक्खा प्राराम्भिक कार्य समिति सोनापुरले ३१ हजार सहयोग गरेको हो ।

आइतबार दुहबी नगर प्रमुख बेदनारायण गच्छदार र उप प्रमुख सुनिता दाहाल शाहलाइ उद्योग तथा संस्थाका प्रतिनिधिहरुले चेक तथा खाधान्न हस्तान्तरण गरेका हुन ।

अहिले कोरोना भाइरस(कोभिड–१९) का कारण विश्व नै आतंकीत भइरहेको अवस्थामा यसको प्रभाव छिमेकी मूलक भारत र नेपालमा समेत परीरहेको र हाल देश नै लकडानमा गुज्रीरहेको हुनाले यसबाट प्रत्यक्षरुपमा अति विपन्न बर्ग, दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र त्यसमा आश्रित मानिसहरु प्रभावित भइरहेको हुनाले उनीहरुकोलागि सहयोग गरिएको बताइएको छ ।

प्रकाशित मिति: Apr 12, 2020

प्रतिक्रिया दिनुहोस्