Logo
२ मंसिर २०८१, आईतबार
(April 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना कोषका लागि चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टी गरिएको छैन : स्वास्थ्य मन्त्रालय

कोरोना रोकथाम तथा नियन्त्रण कोषमा स्वास्थ्यकर्मीको तलब कट्टी नगरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीको तब कट्टी नगरिएको बताए ।

गत चैत ११ गतेको मन्त्रिपरिषद बैठकले विभिन्न तहका कर्मचारीले ३ देखि ७ दिनसम्मको तलब कट्टी गरेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा राख्ने निर्णय गरेको थियो ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गर्ने निर्देशन जारी नगरेको डा. देवकोटाले बताए ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गर्ने निर्देशन जारी गरेको छैन र हालसम्म कटट्टी पनि गरिएको छैन’ उनले भने ‘त्यसैले सबैले उच्च मनोवलका साथ काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपिल गर्दछ ।’

प्रकाशित मिति: Apr 10, 2020

प्रतिक्रिया दिनुहोस्