Logo
२ मंसिर २०८१, आईतबार
(April 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँ उपत्यका बाहिर पठाउने निर्णय रद्द : ‘छलफल मात्र भएको हो, निर्णय भएको होइन’

काठमाडौँ समेत उपत्यकामा लकडाउनका कारण रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय परिवर्तन भएको छ । यसअघि सरकारले उपत्यकामा बसोबास गरेका र घर जान चाहनेहरुलाई बाहिर पठाउने भनेर समाचारहरु सार्वजनिक भएका थिए ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो ।

‘छलफल मात्र भएको हो । निर्णय भएको होइन । अहिले मानिसहरु बाहिर पठाउदा थप जोखिम हुने भएकाले तत्काल यस्तो निर्णय नगरिएको हो ’, समितिका संयोक पोखरेलका स्वकीय सचिव प्रभात कट्वालले जानकारी दिए ।

यसअघि उच्चस्तरीय समन्वय समितिले उपत्यका बाहिर जान चाहनेहरुलाई सरकारले नै यातायातको साधन उपलब्ध गराउने निर्णय बिहीबार दिउँसो बसेको बैठकले गरेको थियो । उपत्यका बाहिर जाने सवारी साधनहरुलाई प्रहरीले स्कर्टिङ गर्ने निर्णयपनि भएको थियो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकको निर्णयबाट सरकार पछि हटेको हो ।

सरकारले व्यवस्था गर्ने सवारी साधनहरु भोलि र पर्सी उपलब्ध हुने, उपत्यका बाहिर जाने व्यवस्था सरकारले गर्ने भए पनि उपत्यका फर्कन नपाइने निर्णय पनि समन्वय समितिले गरेको थियो ।

प्रकाशित मिति: Apr 9, 2020

प्रतिक्रिया दिनुहोस्