गरिब-पिडितका लागि देवानगंजमा राहत सामाग्री तयारी अवस्थामा, लगतसंगै वडामाफर्त बाँडिने
देशभर लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी खाने गरिब पिडितका लागि प्रदेश १ स्थित देवानगंज गाँउपालिकामा राहत सामाग्री तयारी अवस्थामा राखिएको छ ।
नियम अनुसारका वास्तविक पिडितहरुको लगतसंगै वडा माफर्त उक्त राहत सामग्री बाँडिने छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन न्योपानेले राहतकै लागी बिभिन्न खाद्ययन्न समाग्री गाँउपालिकामा आइसकेको बताए ।
न्यौपानेका अनुसार राहतका कै लागि पालिकामा ५० हजार किलो चामल, ४ हजार किलो दाल, ४ हजार टिर खाने तेल ४ हजार केजी नून आइसकेको छ । प्रत्येक वडाको टोल टोलमा राहतका लागि लगत उठाउने कार्य तिब्र रुपमा भइरहेको छ ।
उनका अनुसार चैत्र २५ गते बसेको गाउँ कार्यपालिकाको बैठकले कोरोना लकडनको कारण कमजोर आर्थिक अवास्था तथा दैनिक ज्याला मजदुरी गर्ने वर्गहरु जीवन निर्वाह गर्न निम्म बमोजिमको निर्णय गरेको छ ।
- -७०,००,००० लाखको राहत कोष ।
- -जनप्रतिनिधिहरुले १ महिनाको सेवासुबिधा कोषमा दिने।
- -कर्मचारीहरु १ महिनाको तलबको २८ प्रतिशत दिने।
- -राहत सामग्री चामल -१५ किलो , दाल -१ किलो, नुन-१ किलो र खाने तेल-१ ली. प्रति परिवार ५ दिन भित्र लगत संकलन गरि वितरण गर्ने।
नियम :
- -असहाय भन्नले: कसैको लालन पालनमा नरही अशक्त आवास विहिन भई मन्दिर, मस्जितमा बस्ने व्यक्तिहरु.
श्रमिक वर्ग भन्नाले आर्थिक अवस्था कम्जोर भएको :
- -कृषि मजदुर
- -ट्राक्टर , ट्रक भ्यान आदि वाट सामान लोड अनलोड गर्ने व्यक्तिहरु
- -निर्माण कार्यमा दैनिक ज्यालादरि गर्नेहरु