हरिनगरका सबै गरिबको घरमै राहत पुर्याउँछौ, धनीले उल्टै हामिलाई सघाओस् : गफार अंसारी
प्रदेश १ स्थित सुनसरीको हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले सबै गरिब जनतालाई उनको घरमै गएर राहत बितरण गर्ने योजनामा अफूहरु केन्द्रीकृत रहेको बताएका छन् ।
कोरोना भाईरसको संकटबाट जोगिन सबैमा सचेत भएर बस्न आग्रह गर्दै अन्सारीले संक्रमितका लागि २५ शैयाको अस्पताल समेत ब्यवस्थापन गरिएको उनले बताए ।
उनले राहत योजनामा हरिनगरका कोहि पनि गरिब नछुटोस् र कोहि पनि धनी न परोस् भन्ने गाउँपालिकाको योजना रहेको बताए ।
‘कोहि पनि गरिब जनतालाई हामीले रहतबाट बन्चित हुनदिने छैनौं’ उनले भने -‘बरु धनीले यसमा हामिलाई सघाउनुपर्छ’ ।
बिगाहाका बिगाहा जग्गाजमिन भएकाले पनि राहत माग्न आएको भन्दै उनलेे भने -‘खानकै समस्या भएका कोहि पनि जनता छैनन् । तर पनि समाजिक मिडियामा त्राहिमाम अवस्थाको सृजना गरिएको छ ।’
राहत र सुविधा अलग-अलग कुरा भएक भन्दै राहतमा अनियमिता भए भ्रष्टाचार मुद्दामा उल्टै जनप्रतिनिधि फस्ने भएकाले वडाअध्यक्ष र अन्य सदस्यहरु सावधानी अपनाउनुपर्ने उनले बताए ।
नागरिक टाईम्ससँग कुरागर्दै अन्सारीले भारत-नेपाल आवतजावत पुर्णरूपमा बन्द गराएको पनि बताए ।
‘केहि दिनकालागी सारा सम्बन्धहरुलाई थाती राखौं भन्ने अह्वान गर्दछौं’ उनले भने अहिलेलाई ज्वाईले उताको ससुराली वा छोरीले यताको माईतीलाई बिर्सनु परो ।
आ-आफ्ना घर, खेतबारीको काम गर्न कसैले रोकछेक नगर्ने भन्दै लक्डाउनले आम जनतालाई कुनै असार नगर्ने उनले बताए ।
गाउँपालिका जनताकै निकाय भएकाले कोहीपनी पिडितलाई थप पिडामा पार्ने मनसाय हाम्रो नरहेको भन्दै साचिक्कैका गरिबलाई पालिकाले सहयोग गर्न कुनैपनि कसर बाँकी नराख्ने उनले बताए ।
‘अवश्यपनि हामी सबै नेपाली कोरोना भाईरसको संकटसँग संघर्ष गर्दैछौ’ अन्सारीले भने-यश पिडाका बेला धमिलो पानीमा माछामार्ने कार्य पनि धेरैले गरिरहेको भन्दै यस्ता असमाजिक कार्य गर्नेहरूलाई पनि नियन्त्रणमा लिनुपर्ने अवस्था रहेको उनले बताए ।
उनका अनुसार साविकको भुटाहा १ स्थित रहेको जनरल अस्पताललाई अहिले कोरोना विशेष अस्पतालको रूपमा ब्यवस्थापन गरिएको छ ।